प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
चैत्र २०८०
अबैध भन्सार छलिका सामान बरामद
२०८०-१२-३०

        कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. २ ट्राफिक चौराह नजिकबाट र टिकापुर न.पा.७ कालिमाट़ी स्थित भित्री सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५१,३४०।–बराबरको प्याज,जुता,चप्पल,ललिपप,पानीपुरी,मिश्री,प्लाष्टिक,नरिवल,सुर्ती लगायतका सामानहरु बिहीबार प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।           कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.२ भाँसी, ऐ.११ चौकीसत्ता, बेलौरी न.पा.१ हनुमान मन्दिर नजिकबाट र ऐ.८ कलकत्ताबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,२९,६३०।–बराबरको चिनी,खाने तेल,केराउ,पास्ता,कोट कपडा,जुता,बोईलर कुखुरा,माछा लगायतका सामानहरु बिहीबार प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।     

फरार प्रतिवादी पक्राउ
२०८०-१२-२९

   कैलाली:- सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई बुधबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि निजहरुलाई प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो ।   निम्न:-१. चोरी मुद्दामा रु.१६,०००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा. ३ बस्ने जनक सिंह ऐरी । २. चोरी मुद्दामा रु.२०,०००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा. ३ बस्ने संदिप चौधरी । ३. लागू औषध मुद्दामा रु.१०,०००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा. २ बस्ने ओम बिक्रम अधिकारी । 

अबैध लागू औषध सहित मानिस पक्राउ
२०८०-१२-२९

    कैलाली:- जिल्ला कैलाली, गौरीगंगा न.पा. २ धबईबाट  ६ ग्राम १०० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाँउ बस्ने बर्ष ३२ को त्रिभुवन चन्दलाई बुधबार साँझतिर प्रहरीले पक्राउ गरेको हो  । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट खटिएको प्रहरी टोलीले निजको कोठामा चेकजाँच गर्दा लुकाई छिपाई राखेको अबस्थामा उक्त पदार्थ सहित  नगद रू. ४१,०००।– (एकचालिस हजार मात्र) र VIVO कम्पनीको मोबाईल थान-१ समेत फेला फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अबैध भन्सार छलिका सामान बरामद
२०८०-१२-२८

     कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. २ ट्राफिक चौराह नजिकबाट,ऐ.४ बसपार्क,ऐ.१९ फुलवारी,कैलारी गा.पा.४ हनुमान मन्दिर नजिकबाट,ऐ.७ सरदारघाट,भजनी न.पा.३ ढुसी,जवलपुर,बर्दवाफाँटा,टिकापुर न.पा. ७ कालिमाट़ीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४,४५,८५०।– बराबरको चिनी,मोबायलका बिभिन्न सामानहरु,सुर्ती,चप्पल,माछा,बोईलर कुखुरा,बिडी,गुट्खा,पानीपुरी लगायतका सामानहरु मंगलबार प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।     कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.११ चौकीसत्ता र  पुनर्वास न.पा.११ टाउके बजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,१६,८८०।– बराबरको तेल,सुर्ती,मिश्री,चिनी,जिरा,मसला,दाल लगायत हार्डवेयरका सामानहरु मंगलबार प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।   

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८०-१२-२७

    कञ्चनपुर:- जिल्ला कञ्चनपुर, पुनर्वास न.पा. ८ क गाउ स्थित ढकाल लाईन बस्ने दली थापाको माटो र ईटाले बनेको एक तले ४ कोठे टिनले छाएको कच्ची घरको ग्यालरीमा रहेको बिद्युत मिटर बक्समा अचानक तार सट हुन गई मंगलबार बिहान आगलागी हुदाँ  घर सहित घर भित्र रहेका नगद,खाद्धान्न,लत्ताकपडा,फर्निचर,भाँडावर्तन,सुन,मोबायल थान ३ लगायतका सामानहरु गरि अन्दाजी रु. १६,००,०००।- बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानविय तथा चौपाया क्षती नभएको । उक्त आगलागी प्रहरी,स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती कञ्चनपुरबाट आवश्यक अनुसन्धान भईरहेको छ । 

अबैध लागू औषध सहित मानिस पक्राउ
२०८०-१२-२७

      कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ८ बुद्दचोक स्थित जन आवाज FM नजिकबाट २ ग्राम ५७० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ.कैलारी गा.पा.८ बस्ने बर्ष २४ को सन्जु चौधरी समेत तीन जनालाई  सोमबार साँझतिर प्रहरीले पक्राउ गरेको हो  । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले निजहरु बस्ने कोठाबाट चामलको बोरा भित्र लुकाई छिपाई राखेको अबस्थामा उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजहरुलाई पक्राउ गरेको हो ।     यसैगरी, जिल्ला कैलाली, घोडाघोडी न.पा.१० आमखैया जंगल स्थित १०० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित ऐ.गौरीगंगा न.पा.९ शंकरपुर बस्ने बर्ष २८ को अनिल बहादुर भुललाई  सोमबार राती प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा ईलाका प्रहरी सुखड कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

फरार प्रतिवादी पक्राउ
२०८०-१२-२७

    कैलाली:- सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई सोमबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि निजहरुलाई प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो ।निम्न:-१. लागू औषध मुद्दामा रु.५,०००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा. १० बस्ने रोहित राना । २. बिदेशी बिनिमय अपचलन मुद्दामा रु.२,००,१८७।५ जरिवाना ठहर भएका धनगढी उ.म.न.पा.१ बस्ने राम बहादुर थापा ।३.ठगी मुद्दामा रु.१०,०००।-  जरिवाना ठहर भएका धनगढी उ.म.न.पा.६ बस्ने बिरेन्द्र सिंह ।

अबैध भन्सार छलिका सामान बरामद
२०८०-१२-२७

   कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.१ त्रिबेणीघाट, ऐ.२ ट्राफिक चौराह नजिकबाट र भजनी न.पा.६ महादेउलीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६३,६८०।– बराबरको प्याज,चिनी, बिष्कुट,चप्पल,तेल,पानीपुरी लगायतका सामानहरु सोमबार प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।      कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.१० सुकासाल, बेलौरी न.पा. १ फटैया र ऐ.६ नकैयाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.७८,१७५।– बराबरको प्याज,मिठाई,बिष्कुट,ललिपप,जिरा,लत्ताकपडा लगायतका सामानहरु सोमबार प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

फरार प्रतिवादी पक्राउ
२०८०-१२-२६

     कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई आईतबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि निजलाई प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो ।निम्न:-१. लागु औषध मुद्दामा रु ४,०००।–जरीवाना ठहर भएका धनगढी उ.म.न.पा. १० बस्ने दिनेस राना ।२. बिबिध मुद्दामा रु.२५,०००।–जरिवाना ठहर भएकी गौरीगंगा न.पा.८ बडैपुर बस्ने बन्दना पुन मगर ।    डडेल्धुरा:-  सम्मानित जिल्ला अदालत डडेल्धुराको फैसलाले बिना ईजाजत साल जातका रुख काटे कटाएको मुद्दामा २ महिना कैद सजाय र रु.१०,३६,२६७।- जरिवाना ठहर भई फरार रहेका पर्शुराम न.पा. ११ पातल बस्ने बर्ष ४२ को नर बहादुर खडायतलाई आईतबार ईलाका प्रहरी कार्यालय जोगबुढा, डडेल्धुराबाट खटिएको प्रहरी टोलीले निजकै घर ठेगानाबाट पक्राउ गरेको हो । 

अबैध लागू औषध सहित मानिस पक्राउ
२०८०-१२-२६

    कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १० जनकल्याण चोक नजिकबाट ६०० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष २१ को बसन्त रानालाई आईतबार राती प्रहरीले पक्राउ गरेको हो  । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट जुगेडा,कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।    बैतडी:- जिल्ला बैतडी, दशरथचन्द न.पा. ६ थालिगाडाबाट ६० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ.४ शाहीलेक बस्ने बर्ष २४ को सन्तोष टमटालाई आईतबार साँझतिर प्रहरीले पक्राउ गरेको हो  । जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८०-१२-२६

    कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराह नजिकबाट, ऐ.३ DK पेट्रोल पम्प नजिकबाट,ऐ. १२ हनुमान मन्दिर नजिकबाट, भजनी न.पा.३ काडा र ऐ.५ हलौनाघाटबाट अबैंध रुपमा भारतबाट ल्याएका अन्दाजी मूल्य रु.१,१७,९१०।– बराबरको प्याज,चिनी, मिश्री,दाल,साबुन,बिडी,सुर्ती,चक्लेट,चियापत्ती,खानेतेल,पानीपुरी,प्लाष्टिक झिल्ली,पेय पदार्थ,सिद्रा माछा लगायतका सामानहरु आईतबार प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।      यसैगरी:- गोदावरी न.पा.३ चुट्किबजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३,३८,०००।– बराबरको मोबाईलका My-Flexi कम्पनिको टेम्पर ग्लास र G-Flexi कम्पनिको टेम्पर ग्लास लगायतका सामान सहित जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.४ बस्ने बर्ष ४० को राम सिंह ऐरीले चलाएको से १ ह २१३० नम्बरको अटोलाई आईतबार बिहान प्रहरी गस्ती टोलीले संका लागी चेकजाँच गर्दा निजको साथबाट उक्त भन्सार छलिका सामान फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । उल्लेखित सामान र अटो सहित निजलाई आवश्यक कारवाहीको लागि प्रहरीले कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको हो ।    कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.२ भासि,ऐ.४ बसपार्कबाट, शिव मन्दिरबाट, ऐ.५ सुकासालबाट, ऐ. ९ ब्रहमदेब दशगजाबाट, ऐ.१० बिद्युत कार्यालय नजिकबाट,ऐ.११ चौकीसत्ता र गडडा बजारबाट,ऐ.१७ बडुवालबाट, बेलौरी न.पा. १ बैशाखीबाट र पुनर्वास न.पा.१० बिकासबस्तीबाट अबैंध रुपमा भारतबाट ल्याएका अन्दाजी मूल्य रु.३,६२,६१२।– बराबरको प्याज,चिनी,मिश्री,दाल,साबुन,बिडी,सुर्ती,चक्लेट,खानेतेल,पानीपुरी,पेय पदार्थ,बच्चाको खेलौना, अचार,दाल,फलफुल, पंखाको चक्का,पंखाको पाता, ब्लाउज,सानो गल्बन्दी,सुट कपडा, माछा लगायतका सामानहरु आईतबार प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८०-१२-२५

    कञ्चनपुर:- जिल्ला कञ्चनपुर, दोधारा चाँदनी न.पा.१ पशुपती टोल स्थित हिरा नाथको कच्ची घरको भान्सा कोठा र गोठमा आईतबार बिहानतिर अचानक आगलागी हुँदा उक्त भान्सा कोठा र गोठभित्र रहेका भाडावर्तन,लत्ताकपडा अन्नपात लगायका सामानहरु गरी अन्दाजी रु.५,००,०००।- बराबरको धनमाल जलेर नष्ट भएको हो ।  आगलागीबाट मानविय तथा चौपाया क्षती नभएको । उक्त आगलगी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।    यसैगरी, कृष्णपुर न.पा. ४ किचाही स्थित भागरथी बिष्टको काठले बनेको गाई गोठमा आईतबार दिउँसो अचानक आगलागी हुँदा गोठभित्र रहेको एउटा बाख्राको जलेर मृत्यु भएको हो । उक्त आगलागीबाट अन्दाजी रु.६०,०००।- बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानविय क्षती नभएको । उक्त आगलागी स्थानिय,प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।    यसैगरी, बेल्डाडी गा.पा.-२ चन्दनबस्ती स्थित दले दमाईको घर नजिकै रहेको नहरको छेउमा बालेको आगोबाट निजको १ तले कच्ची घरमा आगो सल्किन गई आईतबार दिउँसो आगलागी हुँदा अन्दाजी रु.७०,०००।- बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानविय तथा चौपाया क्षती नभएको । उक्त आगलागी स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अबैध लागू औषध सहित मानिस पक्राउ
२०८०-१२-२५

     कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. २ बैयाहबेहडीबाट ३८० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ.११ बस्ने बर्ष २४ को भगत राज राना समेत दुई जनालाई  आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो  । गोप्य सुचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८०-१२-२५

      डडेल्धुरा:- जिल्ला डडेल्धुरा, पर्शुराम न.पा.११ स्थित सल्लेरी सामुदायिक वनमा लागेको आगोबाट ऐ.तलगडी बस्ने ललित देवकोटाको काठ र माटोले बनेको खरले छाएको २ तले २ कोठे कच्ची घरमा शनिबार साँझतिर आगलागी हुदाँ  घरको भुईतलामा गोठभित्र रहेका एउटा गाईको बाच्छो जली मृत्यु भएको र तिन वटा गाई जलेर घाईते भएका हुन ।  उक्त आगलागीबाट घर भित्र रहेका लत्ता-कपडा,खाद्मान्न लगायतका सामानहरु जलेर नष्ट भएको हो । आगलागीबाट मानविय क्षती नभएको । आगलागीबाट भएको क्षतिको बिबरण आउन बाँकी रहेको । उक्त आगलागी स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अबैध भन्सार छलिका सामान बरामद
२०८०-१२-२५

     कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराह नजिकबाट, गोदावरी न.पा. २ तेघरी पहाड रोडबाट र भजनी न.पा.३ कुसमघाटबाट अबैंध रुपमा भारतबाट ल्याएका अन्दाजी मूल्य रु.५६,९००।– बराबरको चिनी,बिडी, सुर्ती,चक्लेट, चियापत्ती,खानेतेल,पानीपुरी,सुट कपडा लगायतका सामानहरु शनिबार प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।       कञ्चनपुर:- जिल्ला कञ्चनपुर, बेलौरी न.पा. ६ ढक्काचादरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १९,०००।- बराबरको बोईलर कुखुरा शनिबार दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त बोईलर कुखुरा नष्ट गरेको हो ।  

फरार प्रतिवादी पक्राउ
२०८०-१२-२४

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि निजलाई प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो ।निम्न:-१. लागू औषध चरेश मुद्दामा ५ महिना १ दिन कैद सजाय र २,०००।– जरिवाना ठहर भएका. गोदावरी न.पा.२ बस्ने घुटुरे बुढा ।२. सवारी ज्यान मुद्दमा रु.१,५००।– जरिवाना ठहर भएका जानकी गा.पा. ८ बस्ने हरीलाल चौधरी ।३. लागु औषध मुद्दामा रु.१०,०००।– जरिवाना ठहर भएका टिकापुर न.पा. ४ बस्ने बिक्रम सिंह ठकुरी ।४. सवारी जयान मुद्दमा .२,०००।– जरीवाना ठहर भएका टिकापुर न.पा. ३ बस्ने ज्ञानेन्द्र रावल ।५. कञ्चनपुर:-  सम्मानित जिल्ला अदालत कञ्चनपुरको फैसलाले जारी सम्बन्धी कसुर मुद्दामा १ महिना कैद सजाय रू १,०००।- जरिवाना ठहर भई फरार रहेका बेलडाँडी गा.पा. ३ खैरीघाट बस्ने नन्दा देवी रोकायालाई शुक्रबार ईलाका प्रहरी कार्यालय बेलाडाँडी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले निजकै घर ठेगानाबाट पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि निजलाई प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो ।

रिबल्बर पेस्तोल सहित दुई जना पक्राउ
२०८०-१२-२४

कैलाली:- जिल्ला कैलाली, मोहन्याल गा.पा. ६ सोल्टा बजार बस्ने धना देवी शाहीको घरबाट अबैध हतियार(रिबल्बर पेस्तोल) सहित मोहन्याल गा.पा. ७ कुईने बस्ने १८ बर्षिय किशोर र जिल्ला सुर्खेत पञ्चपुरी न.पा. ११ बस्ने १८ बर्षिय किशोर समेत दुई जानालाई प्रहरीले शुक्रबार राती पक्राउ गरेको हो । गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय लम्की र ईलाका प्रहरी कार्यालय सुगरखाल, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले निजको घरमा खानतलासी गर्दा १ थान रिबल्बर पेस्तोल फेला पारी आवश्यक प्रक्रिया पुरा गरि पेस्तोल निज दुवै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट आवश्यक अनुसन्धान भईरहेको छ ।

अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८०-१२-२४

कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराह नजिकबाट, ऐ.३ चटकपुर, ऐ. ७ बेली,ऐ.८ धनगढीगाउँ, भजनी न.पा.५ कौवाखेडाघाट र गोदावरी न.पा. १ अत्तरियाबाट अबैंध रुपमा भारतबाट ल्याएका अन्दाजी मूल्य रु.२,०३,२५०।– बराबरको प्याज,चिनी,खानेतेल,मिश्री,पास्ता,मिठाई,प्लाष्टिक झिल्ली,पेय पदार्थ, सुट,सादा कपडा,रेडीमेड कपडा,वान पिस, कुर्ती, लेडिज सुरुवाल लगायतका सामानहरु शुक्रबार प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।  कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. १० भुजेला पुल र ऐ. ११ चौकासत्ता र  बेलौरी न.पा. ६ भुराकोटबाट अबैंध रुपमा भारतबाट ल्याएका अन्दाजी मूल्य रु.२,२५,३३५।– बराबरको प्याज,चिनी, मिश्री,पेय पदार्थ, सुट,झुल,गम्छा लगायतका सामानहरु शुक्रबार प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।  यसैगरी:- भिमदत्त न.पा. १२ ओदालीबाट अबैंध रुपमा नेपालबाट भारत तर्फ लैजाने क्रमामा अन्दाजी मूल्य रु.५,४०,०००।– बराबरको ९ वटा खच्चर सहित जिल्ला कालिकोट सान्नि त्रिबेणी गा.पा.-६  बस्ने बर्ष २० को भक्त बि.सी.लाई  शुक्रबार दिउँसो ईलाका प्रहरी कार्यालय गड्डाचौकी र प्रहरी चौकी झोलुङ्गे, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । उक्त खच्चर सहित निजलाई आवश्यक कारवाहीको लागि प्रहरीले कञ्चनपुर भन्सार कार्यालय गडडाचौकीमा बुझाएको हो ।

फरार प्रतिवादी पक्राउ
२०८०-१२-२३

     कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई बिहीबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । निम्न:-१. वन्यजन्तुको अवैध सिकार मुद्दामा रु.१०,०००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा.१५ बस्ने जित बहादुर राना ।२. चेक अनादर मुद्दामा रु.१,०००।– जरिवाना ठहर भएका जोशीपुर गा.पा.१ बस्ने खडके देउवा ।३. चेक अनादर मुद्दामा १ महिना कैद सजाय र रु.३,०००।– जरिवाना ठहर भएका जिल्ला दार्चुला शैल्यशिखर न.पा.९ बस्ने दिनेश राज बिष्ट ।४. छुवाछुत मुद्दामा रु.५००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा ३ बस्ने ओम प्रकाश पाण्डेय ।५. चोरी मुद्दामा रु.१,९००।–जरिवाना ठहर भएका धनगढी उ.म.न.पा ७ बस्ने ज्ञानु चौधरी ।

अबैध भन्सार छलिका सामान बरामद
२०८०-१२-२३

   कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ ट्राफिक चौराह नजिकबाट अबैंध रुपमा भारतबाट ल्याएका अन्दाजी मूल्य रु. १८,०२०।– बराबरको प्याज,चिनी,सुपारी,सरफ,सुर्ती लगायतका सामानहरु बिहीबार राती प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।     कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.५ सुकासाल र बेलौरी न.पा.१० भुडाबाट अबैंध रुपमा भारतबाट ल्याएका अन्दाजी मूल्य रु.६८,३३०।– बराबरको हेण्ड बेग,कस्मेटीक सामान,तरकारी लगायतका सामानहरु बिहीबार प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।  

फरार प्रतिवादी पक्राउ
२०८०-१२-२२

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई बुधबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । निम्न:-१. चोरी मुद्दामा रु.३५,०००।– जरिवाना ठहर भएका गोदावरी न.पा.२ बस्ने भवानी प्रसाद संग्रोला ।२. नक्कली मुद्रा सम्बन्धी मुद्दामा रु. ४७,३००।– जरिवाना ठहर भएकी  धनगढी उ.म.न.पा.७ बस्ने  सुनिता राना ।३. फौजदारी बिबिध मुद्दामा रु.३,०००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा.६ बस्ने रघुनाथ भट्ट ।४. फौजदारी बिबिध मुद्दामा रु.३,०००।– जरिवाना ठहर भएकी धनगढी उ.म.न.पा.६ बस्ने चन्द्रा देवी भट्ट ।५. लागू औषध मुद्दामा ५ बर्ष कैद सजाय र रु.५,०००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा. ८ बस्ने जय शंकर सिंह ।६. नकवजनी चोरी मुद्दामा २९ दिन कैद सजाय र रु.१०,०००।– जरिवाना ठहर भएका गोदावरी न.पा. ९ बस्ने दिपक राज जोशी ।७. लागू औषध मुद्दामा ३ महिना २१ दिन कैद सजाय ठहर भएका गोदावरी न.पा. २ बस्ने घनश्याम जोशी ।८. जारी मुद्दामा १ महिना कैद सजाय र रु.१,०००।– जरिवाना ठहर भएकी गौरीगंगा न.पा. ८ बस्ने शिवचरणी चौधरी ।९. वन मुद्दामा रु.१,५६,९८२।– जरिवाना ठहर भएका कैलारी गा.पा.८ बस्ने छेदु राम चौधरी ।    कञ्चनपुर:-  सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०५२।०५।०७ गतेको फैसलाले बन मुद्दामा रु.२,४७४।- जरिवाना ठहर भई फरार रहेका बेल्डाडी गा.पा.-१ बेल्डाडी बस्ने बर्ष  ५० को रमेश सिंहलाई बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले निजकै घर ठेगानाबाट पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि निजलाई प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो ।

अबैध लागू औषध सहित मानिस पक्राउ
२०८०-१२-२२

    कञ्चनपुर:- जिल्ला कञ्चनपुर, बेलौरी न.पा. ४ बेलौरीबाट १.०४ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला  कैलाली धनगढी उ.म.न.पा. १३ बस्ने बर्ष २५ को सचिन राना र गोदाबरी न.पा. ५ बस्ने बर्ष २२ को जीवन चौधरीलाई बुधबार राती प्रहरीले पक्राउ गरेको हो  । ईलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि निजहरुले प्रयोग गरेको मोटरसाईकल थान-१ र उक्त पदार्थ सहित निज दुबै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।    यसैगरी, भिमदत्त न.पा.४ बसपार्क स्थित सुदूरपश्चिम गेष्ट हाउसबाट ३४.१ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ.१५ बस्ने बर्ष ३० को भुवन शाहुलाई बुधबार साँझतिर प्रहरीले पक्राउ गरेको हो  । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ र भारतिय रुपयाँ ८ हजार समेत फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ र नगद सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।    यसैगरी, पुनर्वास न.पा. ११ डोके बजारबाट अबैध लागू औषध नाइट्राजेपाम १५ ट्याब्लेट सहित जिल्ला दार्चुला महाकाली न.पा. ५ गल्फै बस्ने बर्ष २३ को बिनोद ठगुन्नालाई बुधबार साँझतिर प्रहरीले पक्राउ गरेको हो  । प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त अबैध लागू औषध फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त अबैध लागू औषध सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फरार प्रतिवादी पक्राउ
२०८०-१२-२१

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । निम्न:-१. चेक अनादर मुद्दामा रु.१,०००।– जरिवाना ठहर भएका जोशीपुर गा.पा. १ बस्ने दिलीप सिह बोहरा ।२. ठगी मुद्दामा १ महिना २७ दिन कैद सजाय ठहर भएका कैलारी गा.पा.९ बस्ने शिव कुमार चौधरी ।३. अपहरण तथा शरीर बन्धक मुद्दामा ३ बर्ष कैद सजाय र रु.३०,०००।–जरिवाना ठहर भएका कैलारी गा.पा.८ बस्ने राजेश चौधरी ।४. अपहरण तथा शरीर बन्धक मुद्दामा ३ बर्ष कैद सजाय र रु.१०,०००।–जरिवाना ठहर भएका कैलारी गा.पा.८ बस्ने  सिताराम चौधरी ।   कञ्चनपुर:- सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०५९।१०।०८ गतेको फैसलाले जमिन सम्बन्धी मुद्दामा जनही रु. १,०००।-जरिवाना ठहर भई फरार रहेका जिल्ला कञ्चनपुर, दोधारा चाँदनी न.पा.३ जमुनाघारी बस्ने बहादुरे चौक्याल, जयमती चौक्याल र लक्ष्मण चौक्याललाई मंगलबार दिउँसो ईलाका प्रहरी कार्यालय दोधरा चाँदनी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सोही स्थानबाट निजहरुलाई पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि तीनै जनालाई प्रहरीले सम्मानित जिल्ला अदालत कञ्चनपुर समक्ष पेश गरेको हो । 

अबैध लागू औषध (चरेश) सहित मानिस पक्राउ
२०८०-१२-२१

    कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ४ स्थित न्यु शिवशक्ति होटलको कोठाबाट १ किलो ५४४ ग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ सहित जिल्ला बझाङ्ग केदारस्यु गा.पा.६ बस्ने बर्ष २४ को गोविन्द बहादुर धामी र जिल्ला रुकुम सानोभेरी गा.पा.३ बस्ने बर्ष ३४ को गोपाल पुनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले कोठामा चेकजाँच गर्दा खटिया मुनि कालो झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निज दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट थप अनुसन्धान भईरहेको छ । 

अबैध लागू औषध (चरेश) सहित मानिस पक्राउ
२०८०-१२-२०

    दार्चुला:- जिल्ला दार्चुला, महाकाली न.पा. १ श्रीबगर स्थित दार्चुला- तिंकर सडक खण्डबाट २ किलो ७०० ग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ सहित जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.३ बस्ने बर्ष २७ को हर्कलाल रानालाई सोमबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले शंका चेकजाँच गर्दा निजले चलाएको सु.प.प्र.०२-००१ त १३१० नम्बरको ट्याक्टको ट्रालीमा कोदोको बोराभित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी, सोधपुछ गर्दा उक्त सामान पठाउने ब्यक्ति ब्याँस गा.पा. ४ सुनसेरा बस्ने बर्ष अन्दाजी ५०/५५ को जयलाल कुँवर भनि खुल्न आएकोले निजलाई समेत प्रक्राउ गरि आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ र ट्याक्टर सहित निज दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अबैध भन्सार छलिका सामान बरामद
२०८०-१२-२०

   कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ ट्राफिक चौराह नजिकबाट, ऐ.९ त्रिवेणीघाट, टिकापुर न.पा. ७ स्थित खैरिपुर बजार नजिक सडक खण्डबाट र भजनी न.पा.३ ठेकीपुलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३४,६३५।– बराबरको प्याज,चिनी,मिठाई, मसला, इलायची, प्लास्टीक कुर्सी,किसमिस लगायतका सामानहरु सोमबार प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।     कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु  भिमदत्त न.पा. ४ ओपेरा होटेल नजिकबाट, ऐ.१७ मझगाउ र दोधारा चाँदनी न.पा.८ सुन्दरनगरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६२,७५०।– बराबरको चिनी, सिलिङ पंखा,रातो रङ,तरकारी,कागती,खुर्सानी  लगायतका सामानहरु सोमबार प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८०-१२-१९

     बझाङ:- जिल्ला बझाङ, मष्टा गा.पा.६ रिलु बस्ने जिते रोकाया,ऐ.बस्ने ईश्वर रोकाया र ऐ.बस्ने लोकेन्द्र रोकायाको सङ्गै जोडिएका ३ तले पत्थरले छाएका घरहरुमा सोमबार दिउँसो अचानक आगलागी हुँदा घर लगायत घर भित्र रहेका अन्नपात,भाडाबर्तन,लत्ताकपडा लगायतका सामानहरु जलेर नष्ट भएको हो । आगलागीबाट मानविय तथा चौपाया क्षती नभएको । उक्त आगलागी स्थानियको सहयोगमा नियन्त्रणमा आई सकेको । आगलागीबाट भएको क्षतिको बिबरण आउन बाँकी रहेको । यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय मष्टा बझाङबाट प्रहरी टोली खटिई गई आवश्यक अनुसन्धान गरिरहेको छ ।     कैलाली:- जिल्ला कैलाली,धनगढी उ.म.न.पा. ७ राना गाँउ स्थित कल्लु रानाको जस्तापाताले छाएको भुईतले कच्ची गोठमा राखेको भुसा र परालमा खाना पकाउन बालेको आगोबाट सोमबार दिउँसो अचानक आगलागी हुँदा उक्त गोठ र गोठ भित्र रहेको भुसा,पराल,काठको कडी, जस्तापाता लगायतका सामानहरु गरि अन्दाजी रु.१,५०,०००।– बराबरको धनमाल जलेर नष्ट भएको हो । उक्त आगलागीबाट गोठ भित्र रहेको बाख्रा १ वटा जलेर घाईते भएको छ भने अन्य मानबिय क्षती नभएको । उक्त आगलागी प्रहरी,स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

फरार प्रतिवादी पक्राउ
२०८०-१२-१९

     कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई आईतबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । निम्न:-१. चोरी मुद्दामा रु.१२,५००।– जरिवाना ठहर भएका कैलारी गा.पा.६ बस्ने अशोक चौधरी ।२. बिना ईजाजत बन पैदावार काटी ओसार पसार मुद्दामा रु.५,०३६।– जरिवाना ठहर भएका कैलारी गा.पा.६ बस्ने राम कुमार चौधरी ।३. चोरी मुद्दामा २५ दिन कैद सजाय ठहर भएका जानकी गा.पा.८ बस्ने  प्रेम चौधरी ।४. चोरी मुद्दामा २५ दिन कैद सजाय ठहर भएका जानकी गा.पा.८ बस्ने  शिवराज चौधरी ।

अबैध भन्सार छलिका सामान बरामद
२०८०-१२-१९

     कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु, धनगढी उ.म.न.पा.२ ट्राफिक चौराह नजिक, ऐ.३ चटकपुर र भजनी न.पा.७ हलुनाघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,०७,०३६।– बराबरको प्याज,चिनी,खाने तेल,चप्पल,साबुन,सुपारी,स्प्रे पेन्ट,मोबिल लगायतका सामानहरु आईतबार प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।      कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु  भिमदत्त न.पा. ४ संबिधान चोक, ऐ.१० सुकासाल, बेलौरी न.पा. ६ नकैया र दोधरा-चाँदनी न.पा.७ बाबाथानबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,१५,०००।– बराबरको प्याज,मिश्री,दाल,मैदा,साईकल थान-४ लगायतका सामानहरु आईतबार प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

अबैध भन्सार छलिका सामान बरामद
२०८०-१२-१८

    कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु, धनगढी उ.म.न.पा.२ ट्राफिक चौराह र ऐ.९ त्रिबेणीघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३०,६६०।– बराबरको प्याज,चिनी,सुर्ती,बिडी,सरफ,प्लाष्टिक झिल्ली,सुट,चक्लेट,मसला, लगायतका सामानहरु शनिबार प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।     कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु, भिमदत्त न.पा. ६ शान्ति निकेतन स्कुल नजिक, ऐ.११ चौकीसत्ता र बेलडाँडी गा.पा.३ राधाकृष्ण मन्दिर नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,५९,०५४।– बराबरको तरकारी, गाडीको स्प्रे,ब्लाउजको कपडा,काजु,पापड, किरानाका सामान,हाडवेयरका सामान,बोईलर कुखुरा लगायतका सामानहरु शनिबार प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।  

अबैध लागू औषध सहित मानिस पक्राउ
२०८०-१२-१७

    डडेल्धुरा:- जिल्ला डडेल्धुरा, अमरगढी न.पा. २ चालिसे मोड नजिकबाट ०.४९५ किलोग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ सहित ऐ.४ बस्ने बर्ष ४३ को कमल गुरुङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी बागबजार,डडेल्धुराबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा निजले प्रयोग गरेको से.७ प. ३६१५ नम्बरको मोटरसाईकलको दाहिने लेकगार्डमा झुण्डाई लुकाई छिपाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ र मोटरसाईकल थान-१ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अबैध भन्सार छलिका सामान बरामद
२०८०-१२-१६

    कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु, धनगढी उ.म.न.पा. २ ट्राफिक चौराह नजिक, टिकापुर न.पा.७, ८ सोनाफाटा स्थित भित्री सडक खण्डबाट र भजनी न.पा.५ कौवाखेडा स्थित झुलङ्गे पुल नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ६१,०३५।– बराबरको प्याज,चिनी,बिडी,सुर्ती,गुट्खा,प्लाष्टिक झिल्ली,मैदा,स्याम्पु,पेय पदार्थ,साईकलको ट्युब लगायतका सामानहरु बिहीबार प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।      कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु, भिमदत्त न.पा. ४ सब्जीमण्डी,बसपार्क र ऐ.१० बिद्युत कार्यालय नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,४३,१९५।–बराबरको चिनी,मिश्री,कुर्ती,सुट,मोबिल,ग्रिस,जुत्ता,दुध पाउडर,मेहेन्दी,बदाम पाक,रोगम बदाम,नारी सुधा,गोल्डेन धुप,भेष्ट,गुलाब जल,हर्बल,सिलाजित,दाल,गाजर,भिण्डी,सिमला मिर्चा,फर्सी,माछा लगायतका सामानहरु बिहीबार प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।   

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
२०८०-१२-१५

     कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा.७ मनेहरा जे.पि.चोक बस्ने बाटु कामीको काठले बनेको खरले छाएको कच्ची गोठमा मच्छर मार्नको लागि बालेको आगोबाट अचानक बुधबार राती आगलागी हुँदा गोठ भित्र रहेका २ वटा बाख्राका पाठा जलेर मृत्यु भएको । निज बाटु कामीको पिठ्यू,हात र खुट्टामा जलेर सामान्य  घाईते भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार पश्चात डिस्चार्ज भएकी । गोठ पुर्ण रुपमा जली नष्ट भएको,उक्त आगलागीबाट भएको क्षतिको बिबरण आउन बाँकी रहेको । उक्त आगलागी प्रहरी,स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आबश्यक अनुसन्धान गरिरहेको छ । 

अबैध लागू औषध सहित मानिस पक्राउ
२०८०-१२-१५

     कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ ब्यारेल नजिकबाट १ ग्राम ३१० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ.१३ बस्ने बर्ष २८ को घुमन रानालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो  । वडा प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगर,कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो     यसैगरी, धनगढी उ.म.न.पा.२ बैयाबेहडी स्थित रिंङ रोडबाट १ ग्राम १६० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष ३० को प्रतिक चौधरी समेत दुई जनालाई बुधबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजहरुलाई पक्राउ गरेको हो ।      यसैगरी, धनगढी उ.म.न.पा.८ धनगढीगाँउबाट ८७० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष २८ को हरी लाल राना र बर्ष ३४ को राम बिलाश रानालाई बुधबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजहरुलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फरार प्रतिवादी पक्राउ
२०८०-१२-१४

    कैलाली:- सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा रु.२,०००।- जरिवाना ठहर भई फरार रहेका जिल्ला कैलाली,धनगढी उ.म.न.पा. २ बस्ने बर्ष ४७ को जनक बहादुर देउल्याललाई मंगलबार प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले सोही स्थानबाट पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि निजलाई प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो ।     कञ्चनपुर:- सम्मानित उच्च अदालत जनकपुरको मिति २०७९।१२।२२ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ५ दिन कैद सजाय र रु. १०,००,०००।-(दश लाख) जरिवाना ठहर भई फरार रहेका जिल्ला कञ्चनपुर,पुनर्वास न.पा. ११ भिमबस्ती बस्ने बर्ष ३० को समेल महतालाई मंगलबार दिउँसो ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सोही स्थानबाट निजलाई पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि निजलाई प्रहरीले सम्मानित जिल्ला अदालत कञ्चनपुर समक्ष पेश गरेको हो । 

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
२०८०-१२-१२

    बझाङ:- जिल्ला बझाङ, बिथ्थडचिर गा.पा.९ बागथला स्थित भान बहादुर बिष्टले संचालन गरेको जस्ताका पाताले बनेको ४ कोठे भुईतले होटेल र खुद्रा पसलमा आईतबार राती अचानक आगलागी हुँदा उक्त होटेल र पसल भित्र रहेका सर-सामानहरु जलेर नष्ट भएको हो । उक्त आगलागीबाट मानविय क्षती नभएको । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।     बाजुरा:- जिल्ला बाजुरा, बडिमालिका न.पा. ६ कोर्ध स्थित अमर बडुवाल र बल बहादुर बडुवालको सँगै जोडिएको ढुङ्गा र माटोले बनेको सिलेटले छाएको ३ तले घरमा बिजुलीको लाईन सर्ट हुन गई  आईतबार साँझतिर अचानक आगलागी हुँदा घर र घर भित्र रहेका सरसामानहरु जलेर नष्ट भएको हो । उक्त आगलागीबाट मानविय/चौपाया क्षती नभएको । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट आवश्यक अनुसन्धान भईरहेको छ ।  

तालमा डुबी मृत्यु
२०८०-१२-१२

  बाजुरा:- जिल्ला बाजुरा, खप्तडछेडेदह गा.पा.७ लमगाउँ बस्ने बर्ष अन्दाजी ३०/३२ को बिरेन्द्र बहादुर रावत ऐ.स्थित छेडेदह तालमा घुम्न गएको अवस्थामा उक्त तालमा रहेको डुङ्गामा चढी तालमा खेल्ने क्रममा अचानक डुङ्गा पल्टिन गई तालमा डुबेर निजको आईतबार दिउँसो मृत्यु भएको हो । निज सहित ७ जना आईतबार दिउँसो तालमा रहेको डुङ्गामा चढी खेल्ने क्रममा डुङ्गा पल्टिन गई निज बिरेन्द्र बहादुर रावत तालमा डुबि बेपत्ता भएका थिए भने अन्य ६ जना पौडी खेली स-कुशल बाहिर निस्केका हुन । खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाजुरा समेतबाट प्रहरी टोली खटिई गई निजलाई तालबाट मृत अवस्थामा फेला पारेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अबैध भन्सार छलिका सामान बरामद
२०८०-१२-१२

     कैलाली:- जिल्ला कैलाली,धनगढी उ.म.न.पा.२ ट्राफिक चौराह नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६६,६२०।–बराबरको प्याज,चिनी,पास्ता,सरप,कुर्ती,चियापत्ती,नरिवल,दाल लगायतका सामानहरु आईतबार प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।       कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त.न.पा.२ भासी,  ऐ.११ चौकीसत्ता,ऐ. १० जिमुवाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,७८,५२०।- बराबरको सुट,चप्पल,मोबिल,चुरा,नवरत्न तेल,रेजर,रङ,घाँसको बिँउ लगायतका सामानहरु, भिमदत्त.न.पा. ६ ऐठपुरबाट अन्दाजी मूल्य रु.१,२८,७८५।- बराबरको चिनी,मटर,दाल,माईक्रोनी, नरिवल, मिश्री,पापड,गुलावी रंग,सलाई, साउण्ड बक्स,पेन्ट, थान कपडा, अनार, प्याज लगायतका सामानहरु, बेलौरी न.पा. ४ शान्तिपुरबाट अन्दाजी मूल्य रु. ६६,०००।– बराबरको प्याज,साईकल थान-४ र लालझाडी गा.पा.३ बाट अन्दाजी मूल्य रु.११,७६०।–बराबरको प्याज,पेय पदार्थ,अण्डा,बिस्कुट गरि जम्मा अन्दाजी मूल्य रु.३,८५,०६५।–बराबरको सामानहरु आईतवार बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
२०८०-१२-११

   कैलाली:- जिल्ला कैलाली, भजनी न.पा.०१ मोहन्याल बहुमुखी क्याम्पस नजिक भजनी-सुखड सडक खण्डमा से.१ त ८६३५ नम्बरको ट्याक्टरले सु.प.प्र.०१०१० प ९०६८ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक सोही ठाँउ बस्ने बर्ष अन्दाजी २५ को धिरज चौधरीको शनिबार राती मृत्यु भएको हो । ठक्करबाट गम्भिर घाईते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त ट्याक्टर प्रहरीले नियन्त्रणमा लिनुका साथै फरार रहेका ट्याक्टर चालकको प्रहरीले खोजतलास गरिरहेको छ । यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय भजनीबाट प्रहरी टोली खटिई गई आवश्यक अनुसन्धान भईरहेको छ ।

माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु र एक जना घाईते
२०८०-१२-११

      डोटी:- जिल्ला डोटी, आदर्श गा.पा. वडा नं. २ कुचेडा स्थित घर पोत्ने माटो खन्ने क्रममा माथीबाट खसेको माटोको ढिस्कोमा पुरिएर ऐ. २ मौवा बस्ने अन्दाजी बर्ष ६० की भागा देवी ओझाको आईतबार दिउँसो घटनास्थलमा मृत्यु भएको हो । सोही माटोको ढिस्कोले च्यापिएर ऐ.१ बाँझककनी बस्ने अन्दाजी बर्ष ५० की पार्वती खड्का घाईते भएकी हुन । निजको कम्मर मुनीको भाग च्यापिएको अवस्थामा उद्दार गरी उपचारको लागि स्वास्थ्य चौकी मौवा हुदै जिल्ला अस्पताल डोटीमा पठाएको हो । माटोको ढिस्को खसेर घाईते तथा च्यापिएको भन्ने खवर प्राप्त हुना साथ तत्काल ईलाका प्रहरी कार्यालय आदर्श डोटी समेतबाट प्रहरी टोली खटिई गई उद्दार गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

माटोको ढिस्कोले पुरिएर मृत्यु
२०८०-१२-११

    डोटी:- जिल्ला डोटी, शिखर न.पा.९ ढुङग भन्ने स्थानमा घर पोत्ने माटो खन्ने क्रममा माथीबाट खसेको माटोको ढिस्कोमा पुरिएर ऐ. ९ छोया बस्ने बसन्त रोस्याराको श्रीमती बर्ष २२ कि निर्मला रोस्याराको शनिबार दिउँसो घटनास्थलमा मृत्यु भएको हो । सोही ठाँउका अन्य ३ जना समान्य घाईते भएका हुन । घाईते हुनेहरुमा सोही ठाउँ बस्ने बर्ष १९ की लक्ष्मी रोस्यारा,बर्ष २९ की दिपा रोस्यारा र बर्ष ४० की सुना भुल रहेका छन । माटोको ढिस्को खसेर पुरिएकी भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी तिलताली डोटी समेतबाट प्रहरी टोली खटिई गई उद्दार गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

अबैध भन्सार छलिका सामान बरामद
२०८०-१२-११

    कैलाली:- जिल्ला कैलाली,धनगढी उ.म.न.पा.२ ट्राफिक चौराह,ऐ.९ शान्तिनगरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३७,६८०।–बराबरको चिनी,मिश्री,बिडी,बोईलर कुखुरा लगायतका सामानहरु र टिकापुर न.पा. ४ स्थित भित्री सडक खण्डबाट अन्दाजी मूल्य रु. २,१६,०००।–बराबरको बोट उत्पादन गर्न प्रयोग हुने प्लाष्टिकको झिल्ली पोका थान २७० गरि जम्मा अन्दाजी मूल्य रु.२,५३,६८०।– बराबरको सामानहरु शनिबार प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।       कञ्चनपुर:- जिल्ला कञ्चनपुर, बेलौरी न.पा. ८ कलकत्ताबाट अबैंध रुपमा भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी मूल्य रु.७,५००।- बराबरको बोईलर कुखुरा शनिबार दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उल्लेखित कुखुरा प्रहरीले नष्ट गरेको हो ।   

फरार प्रतिवादी पक्राउ
२०८०-१२-१०

    कैलाली:-  सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई शुक्रबार ईलाका प्रहरी कार्यालय टिकापुर,कैलालीबाट खटिएको प्रहरी टोलीले निजहरुकै घर वतनबाट पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि निजहरुलाई प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो ।निम्न:-१. बन मुद्दामा रु.६,९६२।६६ जरिवाना ठहर भएकी जानकी गा.पा. ८ बस्ने बिलासी देवी चौधरी ।२. चेक अनादर मुद्दामा रु.२,०००।– जरीवाना ठहर भएका टिकापुर न.पा. १ बस्ने ठाकुर प्रसाद सार्की ।३. चेक अनादर मुद्दामा रु.१,९००।– जरिवाना ठहर भएका जानकी गा.पा. ७ बस्ने लौटन डगौरा ।४. बन मुद्दामा रु.११,६८०।– जरिवाना ठहर भएका टिकापुर न.पा. १ बस्ने तपेन्द्र बि.क. ।५. चोरी मुद्दामा रु.२,८००।– जरिवाना ठहर भएका जानकी गा.पा. १ बस्ने धर्म राज रसाइली ।६. बन मुद्दामा रु. १७,१४०।- जरिवाना ठहर भएका टिकापुर न.पा. ९ बस्ने शिब बहादुर थापा ।

अबैध भन्सार छलिका सामान बरामद
२०८०-१२-१०

    कैलाली:- जिल्ला कैलाली,धनगढी उ.म.न.पा.१ त्रिबेणीघाट,ऐ.९ भैंसीघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४७,२००।–बराबरको प्याज,चिनी, होलीमा प्रयोग हुने रङग,बोईलर कुखुरा लगायतका सामानहरु शुक्रबार प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।     यसैगरी, धनगढी उ.म.न.पा. १२ जुगेडा स्थित हनुमान मन्दिर नजिक घरबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,१३,२००।–बराबरको खाद्यान्न,सुर्ती, किरानाका सामानहरु सहित सोही ठाउँ बस्ने बर्ष ३१ की सुस्मा जोशी तामाङ र बर्ष ३९ को बुद्धि सिंह लोपचनलाई शुक्रबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो । गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट जुगेडा, कैलालीबाट खटिएको प्रहरी टोलीले निजहरुको घरमा खानतलासी गर्दा उल्लेखित भन्सार छलिका सामानहरु फेला पारी आवश्यक प्रक्रिया पुरा गरि सामान सहित निजहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  उल्लेखित सामान र निज दुवैजनालाई आबश्यक कारवाहीको लागि प्रहरीले कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको हो ।    कञ्चनपुर:- जिल्ला कञ्चनपुर,भिमदत्त.न.पा. वडा नं. ४ बजार, ऐ.५ सुकासालबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,८६,४२०।–बराबरको चिनी,दाल,तेल,चप्पल,बिजुलीका सामान,अन्य खुद्रा सामान,मोटरसाईकल थान-१ लगायतका सामानहरु र पुनर्वास न.पा.११ डाडागाँउ स्थित चर्च नजिकबाट अन्दाजी मूल्य रु. ६९,२००।–बराबरको पानी तान्ने पम्पमा प्रयोग हुने डोल्ची, वासर लगायतका सामानहरु गरि जम्मा अन्दाजी मूल्य रु.२,५५,६२०।– बराबरको सामानहरु शुक्रबार प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।  

अबैध लागू औषध सहित मानिस पक्राउ
२०८०-१२-०९

    कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ३ मिलनचोकबाट ४०० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला कञ्चनपुर,पुनर्वास न.पा.८ बस्ने बर्ष २३ को सन्दिप खड्कालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो  । जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।     कञ्चनपुर:- जिल्ला कञ्चनपुर, बेलौरी न.पा. ६ बैशाखाबाट १.६७ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ.लालझाडी गा.पा. ३ पर्सिया बस्ने बर्ष २१ को मनोज राना र जिल्ला कैलाली,धनगढी उ.म.न.पा. ७ मनेहरा बस्ने बर्ष २७ को राम औतार रानालाई बिहीबार साँझतिर प्रहरीले पक्राउ गरेको हो  । से.७ प ६३२८ नम्बरको मोटरसाईकलमा सवार निजहरुलाई ईलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शंका लगि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ र निजहरुले प्रयोग गरेको मोटरसाईकल थान-१ सहित निज दुवै जनालाई  प्रहरीले पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अबैध भन्सार छलिका सामान बरामद
२०८०-१२-०९

     कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. २ ट्राफिक चोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ११,१००।–बराबरको सुट,कुर्ती,बेल्ट लगायतका सामानहरु, टिकापुर न.पा.९ जिरो प्वाईन्ट चौगुर्जी नजिकबाट अन्दाजी मूल्य रु. ८०,०००।–बराबरको लेहेङ्गा,सट पाईन्ट,सल लगायतका सामानहरु र भजनी न.पा. वडा नं.१ ठेगरपुर, ऐ.३ कनैयापुरबाट अन्दाजी मूल्य रु.१,५०,०००।–बराबरको प्याज,साईकलको टायर, साईकलको चेन, मोटरसाईकल थान-१ गरि जम्मा अन्दाजी मूल्य रु.२,४१,१००।– बराबरको सामानहरु बिहीबार प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।        कञ्चनपुर:- जिल्ला कञ्चनपुर,भिमदत्त.न.पा. वडा नं. ११ चौकीसत्ता, ऐ.१० बिद्युत कार्यालय नजिक र दोधारा चाँदनी न.पा.१० कुतियाकवरबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,१८,६००।–बराबरको चिनी,मिश्री,दाल,चना,प्लाष्टिक झिल्ली,कपास,पानीपुरी,पेय पदार्थ (डिउ) लगायत हाडबेयरका सामानहरु बिहीबार प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।  

अवैध लागूऔषध सहित मानिस पक्राउ
२०८०-१२-०८

    कैलाली:- गोदावरी नगरपालिका-१ धनगढी रोडस्थित सार्थक होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४० मिलिग्रामसहित दाङ घोराही उपमहानगरपालिका-११ दुम्मर बस्ने २४ वर्षीया शिखा डागीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले होटल तलासी गर्ने क्रममा शिखालाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।      कञ्चनपुर:- बेलौरी नगरपालिका-४ शन्तिपुरबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ९२ ग्राम ७१ मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४८ वर्षीया प्रेम सागर कुमारी राना र २२ वर्षीया सिर्जना राना रहेका छन् । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले प्रेम सागर कुमारीको घरको आगनबाट उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अबैध लागू औषध सहित मानिस पक्राउ
२०८०-१२-०८

     कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. २ त्रिनगर ब्यारेलबाट ६० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला डडेल्धुरा आलिताल गा.पा. १ बस्ने बर्ष २२ को बिक्रम बोहरा समेत दुई जनालाई बुधबार साँझतिर प्रहरीले पक्राउ गरेको हो  । प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लगि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजहरुलाई पक्राउ गरेको हो ।  यसैगरी, धनगढी उ.म.न.पा. १ त्रिवेणी चोकबाट ५२ ग्राम लागू औषध गाँजा जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष ३५ को विशाल श्रेष्ठलाई बुधबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । अस्थाई प्रहरी पोष्ट शान्तीनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले निजले मादक पदार्थ सेवन गरी झै-झगडा गरेको खबर प्राप्त हुनासाथ चेकजाँच गर्दा निजको कोठाबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।  

अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८०-१२-०८

     कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. वडा नं. २ ट्राफिक चौराह,ऐ. ९ सालघाडी, ऐ. १० घुईयाघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५३,५६०।–बराबरको चिनी, मिश्री, सरप, पित्तलको पराद, कुर्ती, बिडी, सुर्ती, चम्चा, गोल्डी मसला, ज्वानो, बोईलर कुखुरा लगायतका सामानहरु,टीकापुर न.पा.९ खक्रौलाबाट अन्दाजी मूल्य रु.३६,८५०।–बराबरको प्याज,अंगुर,अनार, भजनि न.पा.३ कुसुमघाटबाट अन्दाजी मूल्य रु.२४,०००।–बराबरको चिनी, बिडी, कुरकुरे, प्लाष्टिक झोला, गुट्खा,प्लाष्टिक डोरी लगायतका सामानहरु र लम्कीचुहा न.पा. ३ बल्चौरबाट अन्दाजी मूल्य रु. ९,०००।–बराबरको प्याज गरि जम्मा अन्दाजी मूल्य रु.१,२३,४१०।– बराबरको सामानहरु बुधबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।       कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. वडा नं. १० तुम्नाडीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १२,०००।–बराबरको डिजे, बेलौरी न.पा.६ भुराकोटबाट अन्दाजी मूल्य रु. ६०,०००।–बराबरको प्याज,साईकल थान-४, दोधारा चाँदनी न.पा.७ कंचभोजबाट अन्दाजी मूल्य रु. ६,०००।–बराबरको बोईलर कुखुरा र पुनर्वास न.पा. १० अमरबस्ती,ऐ. ११ गुम्बाबाट अन्दाजी मूल्य रु. ७६,८००।–बराबरको बिडी, सुर्ती, गुट्खा, प्लाष्टिक झिल्ली, लेडिज सुट गरि जम्मा अन्दाजी मूल्य रु.१,५४,८००।– बराबरको सामानहरु बुधबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । यसैगरी:- भिमदत्त नपा १८ गल्लि न. ४ बजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,५२,५७४।–बराबरको हार्डवेयरका समान, पंखाको व्यारिङ, पंखाको सेल, मोटर क्वाइल, स्माट वाच सानो ठुलो, नट बोल्ट, लगायतका सामान सहित ऐ. १५ बस्ने बर्ष ३२ को भुवन लुहारलाई बुधबार प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

अबैध भन्सार छलिका सामान बरामद
२०८०-१२-०७

     कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. वडा नं. १ त्रिवेणीघाट, ऐ. ३ बिशालनगरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१६,८००।–बराबरको प्याज, किरानाका सामान, बोईलर कुखुरा लगायतका सामानहरु, टीकापुर न.पा.९ खक्रौलाबाट अन्दाजी मूल्य रु. ८,७००।–बराबरको प्याज र भजनी न.पा.८ बहादुरपुरबाट अन्दाजी मूल्य रु. २४,०००।–बराबरको प्याज गरि जम्मा अन्दाजी मूल्य रु.४९,५००।– बराबरको सामानहरु मंगलबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।        कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त नपा १७ बाँसखेडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १०,०००।–बराबरको चिनी, पानी पुरीमा प्रयोग हुने मसला लगायतका सामानहरु मंगलबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।  

अबैध लागू औषध सहित मानिस पक्राउ
२०८०-१२-०६

      कञ्चनपुर:- जिल्ला कञ्चनपुर, बेलौरी न.पा.६ नकैयाबाट १०.०२  ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित भारत उत्तराखण्ड प्रदेश जिल्ला लखिमपुर ग्राम खजुरीया बस्ने १८ बर्षिय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले निज पैदल आउँदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फरार प्रतिवादी पक्राउ
२०८०-१२-०६

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय र जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।     निम्न:-१. वन मुद्दामा ६ महिना कैद सजाय र  रु.३,६७५।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा.१० बस्ने कल्लु राना ।२. वन मुद्दामा रु.४६,९१६।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा.६ बस्ने दिर्घ चौधरी ।३. बैकिंङ कसुर मुद्दामा रु.१९,८४,१००।- जरिवाना ठहर भएकी धनगढी उ.म.न.पा.२ बस्ने सरस्वती देबी चन्द ।

अबैध लागू औषध सहित मानिस पक्राउ
२०८०-१२-०६

    कैलाली:- जिल्ला कैलाली, लम्कीचुहा न.पा. १ लम्की चोकबाट ४ ग्राम ५५० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष ३० को दिनेश साँउद र बर्ष २१ को जनक बि.क.लाई सोमबार राती प्रहरीले पक्राउ गरेको हो  । यसैगरी, लम्कीचुहा न.पा. १ टिकापुर रोडबाट ८२० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष ३० को प्रकाश बि.क.लाई समेत सोमबार राती प्रहरीले पक्राउ गरेको हो  । गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजहरुलाई पक्राउ गरेको हो ।      यसैगरी:- जिल्ला कैलाली, गोदावरी न.पा. २ अत्तरिया स्थित पहाड जाने रोडबाट ४० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ.११ बस्ने बर्ष २५ को मनोज बडैलालाई सोमबार साँझतिर प्रहरीले पक्राउ गरेको हो  । ईलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।      कञ्चनपुर:- जिल्ला कञ्चनपुर, पुनर्वास न.पा. ११ डोके बजारबाट १ ग्राम २४० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला कैलाली,कैलारी गा.पा. १ बस्ने १८ बर्षिया किशोरीलाई सोमबार साँझतिर प्रहरीले पक्राउ गरेको हो  । प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।

अबैध भन्सार छलिका सामान बरामद
२०८०-१२-०६

    कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. वडा नं. २ ट्राफिक चोक, ऐ. ८ धनगढीगाउँ, ऐ.१९ बहुलिया घाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४,३८,५००।–बराबरको प्याज,चिनी,सरफ,सुर्ती,पङखा,सिद्रा माछा, मोटरसाईकलका बिभिन्न पाटपुर्जा, ट्याकटरका बेरिङ, नट बोल्ड,घास काट्ने मेसिनका पाना, मोटरसाईकल थान-२ लगायतका सामानहरु, भजनी न.पा. वडा नं.३ ठेकी, ढुसी र ऐ.६ बसाहाबाट अन्दाजी मूल्य रु.१,१६,२५०।–बराबरको चिनी,बेसनको पिठो,ताला चाबी, टेबुल पंखाको पाता,स्वीच,बिजुलीको प्लग,त्रिपाल लगायतका सामानहरु र कैलारी गा.पा. ४ हनुमान मन्दिर पछाडीबाट अन्दाजी मूल्य रु.२२,२००।–बराबरको चप्पल र साईकल गरि जम्मा अन्दाजी मूल्य रु.५,७३,९५०।– बराबरको सामानहरु सोमबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।       कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. वडा नं.३ जनज्योती चोक, ऐ. १० गज्जरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,७५,०४०।–बराबरको चिनी,मिठाई,बिद्युतको सामग्री,अण्डर वेयर,बच्चाको भेष्ट,कट्टु,हाप पाईन्ट,माईक लगायतका सामानहरु र बेलौरी न.पा. ६ नकैयाबाट अन्दाजी मूल्य रु.८०,७२५।–बराबरको मलखाद,डिउ,होलीको रङग,पिच्कारी, खेलौना, तरकारी,मोटरसाईकल थान-१ लगायतका सामानहरु गरि जम्मा अन्दाजी मूल्य रु.२,५५,७६५।– बराबरको सामानहरु सोमबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

फरार प्रतिवादी पक्राउ
२०८०-१२-०५

     कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई आईतबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । निम्न:-१. बन पैदावार बिना ईजाजत ओसार-पोसार मुद्दामा रू.२,३१,१३६।– जरिवाना ठहर भएकी घोडाघोडी न.पा. ६ बस्ने धना पार्की ।२. बन मुद्दामा रू.३०,२०१।- जरिवाना ठहर भएका धनगढी उ.म.न.पा.१३ बस्ने कर्ण बहादुर बोहरा ।     कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई आईतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले निजहरुकै घर ठेगानबाट पक्राउ गरेको हो । निम्न:-१. कुटपिट मुद्दामा रु.७५०।– जरिवाना ठहर भएका दोधारा चाँदनी न.पा.७ बस्ने कर्णे दमाई ।२. लुटपाट मुद्दामा रु.१,८७५।– जरिवाना ठहर भएका दोधारा चाँदनी न.पा.७ बस्ने ईन्द्र बहादुर रावत ।    बाजुरा:-  सम्मानित जिल्ला अदालत बाजुराको फैसलाले हातहतियार सम्बन्धी कसुर मुद्दामा जनही ९ महिना १७ दिन कैद सजाय र रु. १०,०००।– जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई आईतबार अस्थाई प्रहरी पोष्ट पाण्डुसैन, बाजुराबाट खटिएको प्रहरी टोलीले निजहरुकै घर ठेगानबाट पक्राउ गरेको हो । निजहरुलाई फैसला कार्यान्वयनको लागि प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो ।निम्न:-१. जिल्ला बाजुरा, बुढीनन्दा न.पा.८ बस्ने कविन्द्र बोहरा ।२. ऐ.ऐ. बस्ने आईते बोहरा ।३. ऐ.ऐ. बस्ने दले कामी ।४. ऐ.१० बस्ने पृथ्वी बहादुर सिंह ।

अबैध लागू औषध सहित मानिस पक्राउ
२०८०-१२-०५

       कञ्चनपुर:- जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.११ डोकेबजारबाट ४५ ट्याब्लेट नाट्रोजेपाम र १२ क्याप्सुल स्पास अबैध लागू औषध सहित जिल्ला कैलाली भजनी न.पा.८ बस्ने बर्ष २३ को बिनोद शाह र ऐ.१ बस्ने बर्ष २२ को अर्जुन बि.क.लाई आईतबार साँझतिर प्रहरीले पक्राउ गरेको हो  । ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्ती र प्रहरी चौकी परासन,कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले निजहरु भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजहरुलाई पक्राउ गरेको हो ।

अबैध भन्सार छलिका सामान बरामद
२०८०-१२-०५

      कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. वडा नं. ३ चौराहबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२६,४९०।–बराबरको प्याज,चिनी,बिडी,मिठाई,साबुन,स्याम्पु लगायतका सामानहरु, भजनी न.पा.८ कृष्णनगरबाट अन्दाजी मूल्य रु.४०,०००।–बराबरको प्याज,चिनी,स्प्राईड र टिकापुर न.पा.९ जिरो प्वाईन्टबाट अन्दाजी मूल्य रु.३८,५००।–बराबरको प्याज,प्लाष्टिकको जाली गरि जम्मा अन्दाजी मूल्य रु.१,०४,९९०।– बराबरको सामानहरु आईतबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।          कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.११ चौकीसत्ता र दोधारा चाँदनी न.पा.८ जनज्योति  टोल नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. २४,०५०।–बराबरको भिन्डी,खुर्सानी,बैगन,मटर,कागती,होलीको रंङग,गाजर लगायतका सामानहरु आईतबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।   

अबैध लागू औषध सहित मानिस पक्राउ
२०८०-१२-०४

    कैलाली:- जिल्ला कैलाली, टिकापुर न.पा.३ कटानपुरबाट २४० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष १९ को समिर चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो  । ईलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।  यसैगरी, धनगढी उ.म.न.पा. ३ ब्यारेल नजिकबाट २ ग्राम ८५० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित गोदावरी न.पा. ४ बस्ने वर्ष २२ को बिशाल ऐडीलाई शनिबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगर, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।

अबैध भन्सार छलिका सामान बरामद
२०८०-१२-०४

    कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. वडा नं. ३ चौराह र ब्यारेल नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५३,२८०।–बराबरको प्याज,चिनी,मिश्री,सरफ,मिठाई,नरिवल,होलिको लोला,भाडाधुने साबुन,प्लाष्टिक डोरी, लगायतका सामानहरु शनिबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।       कञ्चनपुर:- जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.२ बाणी मछेली पुल नजिक सडक छेउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६६,४५०।–बराबरको प्याज,चिनी,सुर्ती लगायतका सामानहरु शनिबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।       बैतडी:- जिल्ला बैतडी, दशरथचन्द न.पा. ५ धारीगाड स्थित सडक किनारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२२,४९५।–बराबरको चिनी,सोयाबिन,खानेतेल,चप्पल,जिरा,प्लाष्टिक डोरी,पास्ता,अचार, लगायतका सामानहरु शनिबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

फरार प्रतिवादी पक्राउ
२०८०-१२-०३

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।    निम्न:-१. लागू औषध मुद्दामा १६ दिन कैद सजाय र रु.२,०००।–जरिवाना ठहर भएका धनगढी उ.म.न.पा. १२ बस्ने महेश बहादुर पुजारा ।२. बन मुद्दामा रु. ९०,७३५।- जरीवाना ठहर भएका धनगढी उ.म.न.पा. ६ बस्ने करन चौधरी ।३. आत्महत्या दुरुत्साहन मुद्दामा २ महिना ४ दिन कैद सजाय र रु. १०,०००।– जरिवाना ठहर भएका घोडाघोडी न.पा. ९ राजेश बि.क. ।    कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०५७।०९।२० गतेको फैसलाले  कुटपिट मुद्दामा रु. ४२२।५० जरिवाना ठहर भई फरार रहेका दोधारा चाँदनी न.पा.१० बस्ने बर्ष ६२ को शेर बहादुर बुढालाई शुक्रबार ईलाका प्रहरी कार्यालय दोधराबाट खटिएको प्रहरी टोलीले निजकै घर ठेगानाबाट पक्राउ गरेको हो । । निजलाई प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो ।    बाजुरा:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बाजुराको फैसलाले  हातहतियार सम्बन्धी कसुर मुद्दामा रु. २,८००।- जरिवाना ठहर भई फरार रहेका बुढीनन्दा न.पा.८ बस्ने सुरेन्द्र गिरीलाई शुक्रबार अस्थायी प्रहरी पोष्ट पाण्डुसैन बाजुराबाट खटिएको प्रहरी टोलीले निजकै घर ठेगानाबाट पक्राउ गरेको हो । निजलाई प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो ।

अबैध लागू औषध सहित मानिस पक्राउ
२०८०-१२-०३

    कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ भन्सार नजिकबाट ७१० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ.५ बस्ने बर्ष २७ को करन ऐरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो  । प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।      कञ्चनपुर:- जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.७ झण्डाभोज गाउँबाट ७७.२१ ग्राम लागू औषध गाँजा जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष २२ को शुसिल चौधरीलाई शुक्रबार साँझतिर प्रहरीले पक्राउ गरेको हो  । ईलाका प्रहरी कार्यालय झलारी,कञ्चनपुरबाट खटिएको प्रहरी गस्ति टोलीले निज गाउँमा हिडीरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ र धारिलो हतियार (खुकुरी) थान एक  समेत फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि निजलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अबैध भन्सार छलिका सामान बरामद
२०८०-१२-०३

    कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. वडा नं. २ पुरानो भन्सार रोड र ऐ. ९  बङ्ग्राकटानबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३०,६९०।– बराबरको प्याज,चिनी,सरफ,बिडी,भाँडा धुने साबुन,प्लाष्टिक झिल्ली लगायतका सामानहरु शुक्रबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।       कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१० सुकासाल र ऐ.११ चौकीसत्ताबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,८२,८४०।- बराबरको चिनी,मिश्री,दाल,तेल,सरफ,कपडा थान,सुट,कुर्ती लगायत हार्डवेयरका सामानहरु र पुनर्वास ११ डोकेबजारबाट अन्दाजी मूल्य रु. ३६,०००।– बराबरको लेडिज सुट गरि जम्मा अन्दाजी मुल्य रु.२,१८,८४०।– बराबरको सामानहरु शुक्रबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।   

फरार प्रतिवादी पक्राउ
२०८०-१२-०२

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई बिहीबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । निजहरुलाई प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो ।    निम्न:-१. बन मुद्दामा रु.६,९६२।२६ जरीवाना ठहर भएका जानकी गा.पा. ६ बस्ने महेश चौधरी ।२. बन मुद्दामा रु.६,९६२।२६ जरीवाना ठहर भएका जानकी गा.पा. ६ बस्ने विनोद चौधरी ।३. चोरी मुद्दामा रु. २,८००।– जरीवाना ठहर भएका जानकी गा.पा. ५ बस्ने फत्ते सिंह थारु ।४. बन मुद्दामा रु. ११,६८०।– जरीवाना ठहर भएका टिकापुर न.पा. १ बस्ने कृष्ण दमाई ।५. बन मुद्दामा ५ दिन कैद सजाय र रु.३,१६०।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा. १७  बस्ने डिल्ली राज गिरी ।

अबैध लागू औषध सहित मानिस पक्राउ
२०८०-१२-०२

    कैलाली:- जिल्ला कैलाली, टिकापुर नपा ९ खक्रौला स्थित चेक पोष्टबाट ५०० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित जानकी गा.पा. ९ बस्ने बर्ष २३ को नैन सिंह साउदलाई बिहीबार साँझतिर प्रहरीले पक्राउ गरेको हो  । ईलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले निज भारतबाट नेपाल तर्फ आईरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।  यसैगरी, लम्कीचुहा न.पा. १ लम्की बसपार्कबाट ४ ग्राम ५३० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित भारतको उत्तर प्रदेश घर भइ हाल लम्कीचुहा न.पा.५ स्थित मन्जुश्री गुटका उद्योग चौरीमा काम गर्ने बर्ष ४० को मनमोहन तिवारीलाई बिहीबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।  

अबैध भन्सार छलिका सामान बरामद
२०८०-१२-०२

    कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. वडा नं. २ ट्राफिक चोक,ऐ. ९  त्रिवेणीघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ४९,५२५।– बराबरको प्याज,चिनी,मिश्री,मिठाई,सुर्ती,बिडी,बसको क्लच बेरिङ, बसको एयर फिल्टर लगायतका सामानहरु, टिकापुर न.पा. ८ चौगुर्दि नजिक भित्री सडक खण्डबाट अन्दाजी मूल्य रु. ३२,१८०।– बराबरको बिडी,सुर्ती,प्लाष्टिक डोरी,प्लाष्टिक रोल,चक्लेट लगायतका सामानहरु र भजनी न.पा.३ कनैयापुरबाट अन्दाजी मूल्य रु. १३,०००।– बराबरको चिनी गरि जम्मा अन्दाजी मुल्य रु.९४,७०५।– बराबरको सामानहरु बिहीबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।       कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.२ काङला पुलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १०,०००।- बराबरको वायरीङ जक्सन, पुनर्वास न.पा. वडा नं. ९ पुलघाँट,ऐ. ११ डोकेबजारबाट अन्दाजी मूल्य रु. १,३८,१००।– बराबरको चिनी,सुर्ती,बिडी,नरिवल,स्याम्पु,चक्लेट, फलामको खटिया, युरिया मल, लगायतका सामानहरु, दोधारा चाँदनी न.पा. ३ जमुनाघाडी टोल नजिकबाट अन्दाजी मूल्य रु. ५,०००।– बराबरको सुन्तला, केरा,अंगुर र बेलौरी न.पा. १ फटैया हनुमान मन्दिर नजिकबाट अन्दाजी मुल्य रु.४७,०००।– बराबरको माछा,बोईलर कुखुरा गरि जम्मा अन्दाजी मुल्य रु.२,००,१००।– बराबरको सामानहरु बिहीबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।   

फरार प्रतिवादी पक्राउ
२०८०-१२-०१

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा २ महिना ५ दिन कैद सजाय ठहर भई फरार रहेका जिल्ला कैलाली धनगढी उ.म.न.पा. १२ बस्ने बर्ष २० को भरत सुनारलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बुधबार निजकै घरबाट पक्राउ गरेको हो । निजलाई प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो ।    कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको फैसलाले जवरजस्ती करणी मुद्दामा ३ महिना कैद साजाय ठहर भई २ महिना ९ दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेका जिल्ला कञ्चनपुर कृष्णपुर नगरपालिका वडा नं.४ वस्ने वर्ष २७ को शिवाय सिंह रानालाई ईलाका प्रहरी कार्यालय गुलरिया, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बुधबार ऐ.५ गुलरियाबाट पक्राउ गरेको हो । निजलाई प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो ।

अबैध लागू औषध सहित मानिस पक्राउ
२०८०-१२-०१

    कैलाली:- जिल्ला कैलाली, गोदावरी न.पा. १ भरतपुर स्थित राम जानकी मन्दिर नजिकबाट २८० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ वस्ने बर्ष २६ को माधब बिष्टलाई बुधबार साँझतिर प्रहरीले पक्राउ गरेको हो  । बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।      यसैगरी, टिकापुर न.पा. ३ रामपुरबाट १०० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित जानकी गा.पा.७ बस्ने बर्ष २६ को राज कुमार चौधरीलाई बुधबार साँझतिर प्रहरीले पक्राउ गरेको हो  । ईलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।     यसैगरी, धनगढी उ.म.न.पा.३ ब्यारेलबाट ९५० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला अछाम साँफेबगर न.पा. ४ बस्ने बर्ष ३० को सन्तोष सुनारलाई बुधबार साँझतिर प्रहरीले पक्राउ गरेको हो  । प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले निज भारतबाट नेपाल तर्फ आईरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अबैध भन्सार छलिका सामान बरामद
२०८०-१२-०१

    कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. वडा नं. ३ विशालनगर र रिङ रोडबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,६०,०२०।– बराबरको प्याज,मिश्री,मिठाई,बिडी,सुर्ती,प्लाष्टिक झिल्ली,लेडिज सुट,कुर्ती,दोपट्टा, लगायतका सामानहरु बुधबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।       कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.४ भाँसीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ३,२८,५००।– बराबरको प्रोफेस्नल comb,कपाल स्ट्रेट गर्ने मेसिन, भिटामिन औषधी लगायतका सामानहरु  र पुनर्वास न.पा.११ डोके बजारबाट अन्दाजी मूल्य रु. ४०,०००।– बराबरको ग्रिस, USHA लेखेको फलामका साँचा (सडक ढल निकासमा प्रयोग हुने)  गरि जम्मा अन्दाजी मुल्य रु.३,६८,५००।– बराबरको सामानहरु बुधबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।       यसैगरी, जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१ फटैयाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ७६,८००।– बराबरको माछा,बोईलर कुखुरा,मोटरसाईकल थान-१ र पुनर्वास न.पा.१० मञ्जलीबाट अन्दाजी मूल्य रु. ७,०००।– बराबरको माछा गरि जम्मा अन्दाजी मुल्य रु.८३,८००।– बराबरको सामानहरु बुधबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त बोईलर कुखुरा र माछा नष्ट गरेको हो ।

अधिक लोड >>
कम देखाउनुहोस् <<